टी–२० विश्वकपः अफानिस्तानसँग न्युजिल्यान्डको लज्जास्पद हार

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत न्युजिल्यान्डले हारबाट विश्वकपको सुरुवात गरेको छ । भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्ड अफगानिस्तानसँग ८४ रनले पराजित भएको हो । अफगानिस्तानको भने यो लगातार दोस्रो जित हो ।

गुयानाको प्रोभिडेन्स स्टेडियमा अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रनमै अलआउट भयो ।

Dengue

उसका लागि ग्लेन फिलिप्सले १८ तथा म्याट हेनरीले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ अफगानिस्तानका राशिद खान र फजलहक फारुकीले ४–४ तथा मोहम्मब नाबीले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रन जोड्यो । रहमानुल्लाह गुरबाजले सर्वाधिक ८० रन जोडे । ५६ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै, इब्राहिम जाद्रानले ४४ तथा अजमतुल्लाह ओमारजाईले २२ रनको योगदान दिए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र म्याट हेनरीले २–२ तथा लोकी फर्ग्युसनले १ विकेट लिए ।

अफगानिस्तानको न्युजिल्यान्डमाथि कुनै पनि फर्म्याटमा यो पहिलो जित हो । यसअघि एकदिवसीय र टी–२० का सबै ४ म्याच न्युजिल्यान्डको नाममा थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार