गृहमन्त्री लामिछानेको सेटिङ नमान्दा कैलाश सिरोहियालाई पक्राउ गरियो : सम्भव सिरोहिया

काठमाडौं : कान्तिपुरका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा सेटिङ नगर्दा कैलाश सिरोहिया पक्राउ गरिएको दाबी गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले भिडियो सार्वजनिक गर्दै आफ्नो बुबा समेत रहेका कान्तिपुरका अध्यक्ष कैलाशलाई नागरिकताको विषयमा झुटो मुद्दामा पक्राउ गरिएको बताएका छन् । 

Dengue

“यसपालि रास्वपाका सभापति गृहमन्त्री रवि लामिछानेको को-अपरेटिप स्क्याम जनताको बीचमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो । यो समाचार मिलाइदिनका लागि, लुकाइदिनका लागि । उहाँले पहिले आफूले गर्नु भएको पत्रकारिताजस्तो सोच्नुभयो भन्ने लाग्यो मलाई । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ सोच्नुभयो । उहाँलाई कति अनुरोध गरियो कि म्यानेजमेन्टले न्युज लेख्दैन,” सम्भवले भिडियोमा भनेका छन्, “व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ । उहाँले त्यो बुझ्नु भएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लोस्तरमा ओर्लनुभयो ।  आफ्नो शक्ति दुरूपयोग गर्दै झुटाे केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुबा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार