त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि पर्‍यो प्वाल, उडान र अवतरण बन्द

काठमाडौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा प्वाल परेको कारण उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले हाल अन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द रहेको बताएका छन् ।

प्वाल परेको भागलाई टालेपछि मात्रै उडान अवतरण हुने भएकोले आवश्यक मर्मतका लागि विमानस्थलबाट हुने उडान अवतरण बन्द गरिएको हो । करिब १० मिनेटदेखि धावनमार्ग मर्मत भइरहेको उनले बताए ।

Dengue

अबको १० मिनेटपछि मर्मत सकिएर नियमित सुचारु हुने निरौलाको भनाइ छ ।

यसअघि पनि जेठ ११ गते धावनमार्गको कोटेश्वर (०.२) भागको पीचमा प्वाल परेपछि ४५ मिनेट उडान रोकिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार