विश्व वातावरण दिवसः एरिष्टोका विद्यार्थीद्वारा धनगढीमा सरसफाइ, शिक्षकले पनि झाडु लगाए…

भक्तराज जोशी

धनगढी । धनगढीको एरिष्टो माध्यामिक विद्यालयले सरसफाइ कार्यक्रम गरेको छ । विश्व वातावरण दिवसको अवसरमा एरिष्टोले धनगढीको क्याम्पसरोडदेखि ५ सय मिटर पूर्व र बुद्धचोकदेखि ५ सय मिटर पश्चिम फूलवारी बसपार्कसम्म सरसफाइ गरेको हो । सरसफाइ कार्यक्रममा विद्यालका विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो ।

५ जुन अर्थात विश्व वातावरण दिवसको अवसरमा एरिष्टो विद्यार्थीहरुले गरेको सरसफाइ कार्यक्रमले मानव जीवनका लागि स्वच्छ वातावरण अपरहार्य रहेको सन्देश दिएको एरिष्टोका शिक्षक बिकास विश्वकर्माले बताएका छन् । उनका अनुसार सरसफाइ कार्यक्रम गर्नुको मुख्य उद्धेश्य पनि वातावरण सरसफाइसम्बन्धी समाजलाई जागरुक गराउनु रहेको थियो ।

Dengue

यता धनगढी उपमहानरपालिकाका मेयर गोपाल हमालले हाम्रो धनगढी,सफा धनगढी अभियानलाई साथ दिएको भन्दै विद्यालयका शिक्षक र विद्यार्थीलाई धन्यवाद दिएका छन् ।

पछिल्ला दिन मानव गतिविधिबाटै वातावरणमा परेको प्रतिकुल असरका कारण मानव सभ्यता नै जोखिममा पर्दै गइरहेको छ । यही अवस्थालाई ध्यानमा राख्दै हरेक वर्ष जुन ५ अर्थात विश्व वातावरण दिवसको दिन विद्यालय स्तरबाट सरसफाइ र वृक्षारोपण कार्यक्रम गर्दै आएको विद्यालयका म्यानेजिङ डिरेक्टर शान्ती अधिकारिले बताइन् । विद्यालयले वार्षिक रुपमा गर्ने यस प्रकारको कार्यक्रमले नागरिकमा पर्यावरणप्रतिको जिम्मेवारी बोध हुने उनको भनाई छ ।

विज्ञानले उत्पादन गरेका प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको छ । विकास र वातावरण एक अर्काका प्रतिद्वन्दी नभई परिपूरक हुन् भन्ने दिगो विकासको अवधारणा बमोजिम नेपाल सरकारले संचालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अध्ययन गरेर मात्र बिकास निर्माणका कार्यको थालनी गर्ने हो भने हाम्रो वातावरण धेरै सुरक्षीत हुने कुरामा सबैको एक मत रहेको कुरा सर्वविदितै छ।वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न प्रकारका मंचहरुको उपयोग गर्दै यस्लाई न्यूनीकरण गर्न सकिन्छ ।

त्यस्तै, विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीहरुलाई कैलालीको घोडाघोडी ताल भ्रमणमा लगेको एरिष्टोका संयोजक दिर्घ भण्डारीले बताएका छन् । उनले विद्यार्थीलाई जैविक विविधता, प्राकृतिक सौन्दर्यता र पर्यावरणीय बुझाउन भ्रमण गरिएको बताए । साथै वातावरण मानिसहरुको मात्रै नभएर हरेक प्राणीको बासस्थान भएकोले वातावरणको रक्षार्थ सबैले लाग्न पनि भण्डारीले आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार