कोशीमा सांसद लिम्बूको माग- ‘प्रदेशले बलात्कारीलाई फाँसीको सजाय दिने कानुन बनाउनुपर्छ

काठमाडौं : कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला तावा लिम्बूले बलात्कार गर्नेलाई प्रदेशले फाँसीको सजाय दिने गरी कानुन बनाउन माग गरेकी छिन्। 

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा लिम्बूले यस्तो बताएकी हुन्। 

उनले भनिन, ‘महिला तथा युवतीहरू बलात्कारबाट पीडित हुने क्रम अझ धेरै बढेको पाइन्छ, त्यसैले केन्द्र सरकारले नल्याए प्रदेश सरकारले फाँसी दिने कानुन ल्याउनुपर्छ।’

केही समयअघि झापाको दमकमा प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीमाथि गोली प्रहार भएको थियो। सोही घटनालाई उधृत गर्दै सांसद लिम्बूले  फाँसीको कानुन आवश्यक रहेको बताएकी हुन्।

‘बलात्कार गरेर मारिएका धेरै समाचारहरू सुनिन्छ। तर त्यसको सुनुवाइ खोइ? सत्य कुरा तितो हुन्छ, तर यथार्थ पीडालाई कहिलेसम्म ढाकछोप गर्छौं, उनले भनिन्, नीतिगतरूपमा नै बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्डको प्रावधान कानुमा समावेश गरेर जानुपर्छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार