हारबाट हतोत्साहित हुनुपर्ने अवस्था छैन : सोमपाल कामी

काठमाडौँ : खराब ब्याटिङ गरेपछि नेपालले मंगलवार नेदरल्याण्ड्सविरुद्ध हारसँगै आइसिसी टी–२० विश्वकपको यात्रा शुरु गरेको छ।

अमेरिकाको टेक्ससमा नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित हुन पुग्यो। नेपाली समर्थक ग्रान्ड पेरी रंगशालामा पूर्ण भरिभराउ रहँदा त्रिवि क्रिकेट मैदानकै अनुभूति भएको थियो। ती दर्शकले जितको खुशी भने लिन पाएनन् र सन् २०१४ पछि नेपालको विश्वकपमा पुनरागमन सुखद बन्न सकेन।

Dengue

दोस्रोपटक विश्वकप खेलेका सोमपाल कामीले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताए।

‘यो हारबाट दबावमा छैनौं। जति पनि दबाव थियो, विश्वकप छनोटमा थियो। यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौं। सुपर आठका लागि योग्य टोली हौं भन्ने सन्देश दिन चाहन्छौं। आज हार व्यहोर्‍यौं तर आगामी तीन खेलमा राम्रो गर्नेछौं’, तीव्र गतिका बलर सोमपालले भने।

टस जितेर पहिले फिल्डिङ गर्ने नेदरल्याण्ड्सको निर्णय सही सावित भयो। किनकि नेपालले शुरुदेखि नै ब्याटिङमा निकै संघर्ष गर्नुपर्‍यो। एक समय सय रनको आँकडा पनि पार गर्ने अवस्थामा नेपाल थिएन।

तर कप्तान रोहितकुमार पौडेल र तल्लो क्रमका ब्याटरले स–साना इनिङ खेलेपछि नेपालले १०७ रनको सामान्य लक्ष्य दियो। जवाफी लक्ष्य पछ्याएको डच टोलीविरुद्ध नेपालका बलरले कसिलो बलिङ गर्दै चुनौती दिए तर सफल हुन भने सकेनन्। त्यो लक्ष्य पूरा गर्न नेदरल्याण्ड्सले १८.४ ओभरमा मात्र चार विकेटको क्षतिमा पूरा गर्‍यो।

डच ब्याटरले पनि शुरुदेखि दबाव सामना गरे तर धैर्यपूर्वक खेल्दै सहजै विकेट दिएनन्। दोस्रो ओभरमै नेपालले ब्रेक थ्रु पाएको थियो।

तीव्र गतिका बलर सोमपालले ओपनर माइकल लेभितलाई १ रनमै आउट गर्दै राम्रो शुरुवात दिलाए तर अर्का ओपनर म्याक्स ओ डाउडले इनिङ समाल्दै ८ बलअगावै जित सुरक्षित गराए। उनी ५४ रनमा अविजित रहे। उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे। विक्रमजित सिंहले २२ रन, साइब्रान्ड एंगलब्राक्टले १४ रन र बास डी लिडले ११ रन जोडेपछि नेदरल्याण्ड्सको जित सहज बन्यो। बलिङतर्फ सोमपालसँगै दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान एक विकेट लिए। सोमपालले चार ओभरमा १८ रन मात्र दिए।

अलराउण्ड प्रदर्शन गरेका करण केसीसँगै दीपेन्द्र र स्पिनर सागर ढकालले पनि किफायती बलिङ गरे। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १०६ रनमै समेटिन पुग्यो। २१ वर्षे युवा स्पिनर टिमोथी प्रिङ्गल शीर्ष क्रमका तीन ब्याटर आसिफ सेख, अनिल साह र कप्तान रोहितलाई आउट गरे। आसिफ ४ रन, अनिल ११ रन, रोहित ३५ रनमा पभेलियन फर्किए। नेपालका लागि सर्वाधिक रनकर्ता रोहित १६औं ओभरमा सातौं विकेटका रूपमा आउट भएका हुन्। महत्त्वपूर्ण विकेट लिएका टिमोथी न्युजिल्याण्ड यु–१९ टोलीबाट खेलिसकेका खेलाडी हुन्।

उनी म्यान अफ दि म्याचसमेत भए। चार ओभरमा उनले तीन विकेट लिँदै २० रन मात्र दिए। त्यसअघि नेपालले पावर प्लेमा नै दुई विकेट गुमाउँदा २९ रन जोड्यो। युवा अलराउण्डर कुशल मल्ल र एसोसिएटकै उत्कृष्ट अलराण्डर दीपेन्द्र खराब सट खेलेर आउट भए। कुशल ९ रन र दीपेन्द्र १ रनमै पभेलियन फर्किए।

अनुभवी सोमपाललाई ब्याटिङ क्रममा प्रमोशन गरिएको थियो तर त्यो निर्णय पनि सही सावित हुन सकेन। उनले खाता नै खोल्न सकेनन्। त्यसपछि रोहित पनि आउट भए र १८औं ओभर सकिँदा नेपाल ९७÷७ को नाजुक अवस्थामा पुग्यो।

तर तल्लो क्रमका गुल्सन झाले ११ रन र करणले १७ रन खेल्दै नेपालको इनिङ सय रन पार गराए। करणले दुई छक्का र गुल्सनले एक छक्का प्रहार गरे। नेदरल्याण्ड्सको बलिङमा लोगन भान भिकले तीन विकेट तथा पउल भान र डी लिडले समान दुई विकेट लिँदै सस्तैमा नेपालको इनिङ रोके।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार