कोटेश्वरमा आगलागी हुँदा २ जना घाइते, ‘रमितेको भीड’ले छेक्यो दमकलको बाटो !

काठमाडौं : कोटेश्वरस्थित किराना होलसेल गोदाममा आगलागी हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा धनुषा घर भई कालीमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले बताए ।

Dengue

बुधबार दिउँसो जीवन रेग्मीको पाँच तले घरको अन्डरग्राउन्डमा दिलीप कुमार साहले सञ्चालन गरेको ‘ग्रुप अन ट्रेडिङ डिलर’मा आगलागी भएको हो ।

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका छन् । आगलागी पछि बटुवाटाहरू आएर फोटो भिडिओ खिच्न थालेका थिए । धेरै भीड भएपछि केही बेर दमकलको बाटो समेत अवरुद्ध भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार