पोखरामा सहकारी पीडितले प्रधानमन्त्रीलाई देखाए कालो झन्डा


पोखरा :
पोखरामा सहकारी पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झन्डा देखाएका छन्।

बुधबार पोखरा सभागृह परिसरमा सहकारी पीडितले कालो झण्डा देखाएका हुन्।

Seti Hospital

कालो झण्डा देखाउने सहकारी पीडितलाई प्रहरीले धरपकड गरेको छ।

यस अगाडि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न आएको बेला पनि सहकारी पीडितले प्रधानमन्त्रीसँग रकम फिर्ताको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

सभागृहमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणका लागि प्रधानमन्त्री प्रचण्ड मंगलबार पोखरा आएका थिए।

अहिले पोखरा सभागृहमा प्रशिक्षण कार्यक्रम चलिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार