टी–२० विश्वकप : भारत र आयरल्याण्ड भिड्दै

काठमाडौं : आइसीसी टी–२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ। आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुन लागेको हो।

न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती सवा ८ बजेदेखि शुरु हुने छ।

Dengue

यस विश्वकपमा दुवैको यो पहिलो खेल हो। टी–२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन। अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ।

समुह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार