टी–२० विश्वकप : घोडाघोडी क्याम्पसद्धारा विद्यार्थीका लागी छात्रवृत्ति घोषण

कैलाली : कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले टी–२० विश्वकपमा नेपाली क्रिकेट टिमले गरेको प्रदर्शन अनुसार विभिन्न शीर्षकमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । नेपाली क्रिकेट टिमले प्रति खेल जिते बापत एक छात्र र एक छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । एकै खेलमा ५ विकेट वा ह्याट्रिक लिने खेलाडीको नाममा छात्रवृत्ति नामकरण गरी एक जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने र हाफ सेन्चुरी बनाउने खेलाडीको नाममा छात्रवृत्ति प्रदान गरिने घोडाघोडी बहुमुखी क्याम्पसले जनाएको छ ।

‘यस्तो महान् र अविस्मरणीय क्षणमा घोडाघोडी बहुमुखी क्याम्पस र नेपाली राष्ट्रिय क्रिकेट टिमको जितको उच्च कामना गर्दे नेपालको समग्र शिक्षा तथा खेलकुद क्षेत्रको विकासको निम्ति यस क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई विभिन्न शीर्षकहरूमा छात्रवृत्ति प्रदान गर्दे आइरहेको अवगत गर्दछौँ सूचनामा भनिएको छ ।’ 

Dengue

साथै क्याम्पसले रोहितकुमार पौडेलको कप्तानीमा टी–२० विश्वकप खेल्न मैदानमा उत्रिएको नेपाली क्रिकेट टोलीलाई सफलताको कामना सहित हार्दिक शुभकामना व्यक्त गरेको छ । जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा भइरहेको टी २० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन कस्तो रहला भनी नेपालका क्रिकेट प्रेमीहरूले उत्सुकतापूर्वक पर्खिरहेका छन् ।

टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा नौ बजे सुरु हुनेछ । नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बङ्गलादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । यो विश्वकपमा नेपालका कप्तान रोहित पौडेल कान्छा कप्तान हुन् ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङ्गलादेश रहेका छन् । यो विश्वकपमा नेपाल, आयोजक अमेरिका र वेस्ट इन्डिजसहित २० देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार