बैतडीमा ‘माल’ थर परिवर्तन गरेर ‘कार्की’ राखि दिन दुई सय जनाको निवेदन

  बैतडी : बैतडीमा ‘माल’ थर परिवर्तन गरेर ‘कार्की’ राखि दिन दुई सय जनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन । माल थरकै कारण महिला र पुरुषलाई अप्ठ्यारो महसुस भएपछि परिवर्तन गर्नु परेको उनिहरुको भनाइ छ । डिलासैनी गाउँपालिका–६, गोकुलेश्वरका क्षेत्री समुदायका करिब दुई सय जना थर परिवर्तनका लागि प्रशासन कार्यालय पुगेको निवेदक रमेशसिंह मालले बताए । विद्यालय र क्याम्पसमा पढ्ने युवतीलाई थरका कारण समस्या हुन थालेको छ । साथीभाइले सहर बजारमा बसेर पढ्ने महिलालाई यो थरबाट बोलाउँदा हेपेको र जिस्क्याएको जस्तो लाग्न थालेपछि थर नै परिवर्तन गर्नु परेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले थर परिवर्तनका लागि दुई सय जनाको निवेदन आएको जानकारी दिँदै माल थर परिवर्तन गरी कार्की लेखाउन माग गरिएको बताए । उनीहरूले आफ्ना पूर्वज यसअघि कार्की (क्षेत्री) रहेकाले सो थर लेख्न पाऊँ भन्ने आशय छ । ‘दलित जातिका अपमानजनक थर परिवर्तनका लागि गृह मन्त्रालयले परिपत्र जारी गरेको भए पनि गैरदलितका थरका विषयमा परिपत्र आएको छैन’ उनले थपे, ‘प्राप्त निवेदनबारे विभागलाई जानकारी गराएर अभिलेखमा राखेका छौँ ।’

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार