यातायात क्षेत्र सुधारका लागी मन्त्रीको ध्यानाकर्षण

अत्तरिया : नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदूरपश्चिम प्रदेशले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीलाई मागपत्र बुझाएको छ । यातायात क्षेत्र सुधार सम्बन्धी सगंठनले मागपत्र बुझाएको हो । सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को नियमावली २०५४ को नीतिगत कार्यान्वयन नभएको भन्दै यसको कार्यान्वयनका लागी मन्त्री चौधरीको ध्यानाकर्षण गराइएको छ ।

सार्वजनिक यातायात क्षेत्र अस्तव्यस्त, सडकमा राज्यको आतकं, श्रमिकको सुरक्षा कानुन ससांधनका लागी कार्यान्वयनका माग मन्त्रीसमक्ष बुझाइएको छ ।

Dengue

ट्राफिक जरिवाना नियम सगंत हुनुपर्ने, चेकिङका नाममा अनावश्यक दुख दिन बन्द गरिनुपर्ने, पिक एण्ड ड्रप र स्ट्याण्डको व्यवस्थापन, प्रदर्षण जाँच, ऐन नियम ससोंधन, प्रदेश यातायात प्राधिकरण बनाइनुपर्ने मागपत्र मन्त्री चौधरीलाई बुझाइएको छ । यस्तै सामाजिक सुरक्षा, इ रिक्साको व्यवस्थापन, दीर्घकालिन समस्या समाधान आयोग गठन लगायतका माग नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदूरपश्चिम अध्यक्ष ललित चन्दले मन्त्री चौधरीलाई बुझाएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार