पहिलो पटक सशस्त्र प्रहरी सहितको सरकारी टोली उरै नाकामा: छिट्टै खुल्दै नाका

बझाङ : चिनको तिब्बत सँग जोडिएको उरैँ सिमानाका क्षेत्र र सिमा स्तम्भको सशस्त्र प्रहरीको टोलीले अनुगमन गरेको छ । सरकारी संयन्त्रको कर्मचारी टोलि नपुगेको उक्त ठाउँमा पहिलो पटक सशस्त्र प्रहरीको टोलीले अनुगमन गरेको हो । कोरोना सङ्क्रमणको कारण देखाउँदै बन्द रहेको बझाङ चिन जोड्ने उरैँ नाका खुले सँगै सशस्त्र प्रहरी बल नेपाल बझाङका प्रमुख जनकराज पन्तको नेतृत्वमा सशस्त्र प्रहरीले उरैँ नाका र सिमा स्तम्भको अनुगमन गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

साइपाल गाउँपालिकाको केन्द्र रहेको काँडाबाट तीन दिन पैदल हिडेर टोलीले उरैँ नाकाको ५ हजार २ सय उचाईमा रहेको पिल्लर नं २ र आसपासको क्षेत्रको अवस्था बुझ बिस्तार गरेको अनुगमन टोलीका प्रमुख तथा सशस्त्र प्रहरी बल नेपाल बझाङका डिएसपी जनकराज पन्तले बताउनुभयो । मौसम प्रतिकूल नहुदा सिमाना सम्म पुग्न नसकेको उहाँको भनाइ थियो ।

Dengue

उरै नाकाको २ नं सिमा स्तम्भ सम्म पुगेर फर्केका सशस्त्र प्रहरी बल नेपाल बझाङका प्रमुख पन्तले सिमा स्तम्भको अवस्था त्यहाँको बाटोघाटो र सूचना सञ्चारको अवस्था, शान्ति सुरक्षा लगायतका विषयमा जानकारी गराएका छन् ।

नेपाल सरकारको तर्फबाट पहिलो पटक सिमा स्तम्भ सम्म पुगेको डिएसपी पन्तको टोलिले उरै क्षेत्र पर्यटनको लागी सम्भावना बोकेको ठाउँ भएकाले पर्यटन प्रवर्धनमा जोड दिनुका साथै सञ्चारको असुविधा रहेकाले सञ्चार सेवा बिस्तार गर्न र सुरक्षाको व्यवस्था मिलाउन तर्फ सरकार लाग्नु पर्ने बताउनुभयो ।

बझाङको उरैँ नाका खुले सँगै जिल्ला प्रशासन कार्यालय बाट ५ जनाले नाका प्रवेश अनुमति पत्र लगेको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताउनुभयो । असार १६ गते देखि चीनको तिब्बतसँग जोडिएको उरैँ नाका पुणर् रूपमा सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी कुइँकेलको भनाइ छ ।

१४ नाका मध्य अन्तिममा खोलेको नाका उरैँ नाका भएकाले यसले सिमा क्षेत्रमा रहेका नागरिकहरूको जीवन स्तर माथि उकास्न र दुई देशको व्यापारिक सम्बन्ध बढाउने विश्वास लिएको जिल्ला प्रशासन कार्यालयमा सोमवार ९आज० पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी कुइँकेलले बताउनुभयो ।

विसं २०७६ सालमा कोरोनाको कारण देखाउदै बन्द रहेको उरैँ नाका खुल्ने भएसँगै साइपालका स्थानीयहरूमा ठूलो उत्साह बढेको छ । साइपाल गाउँपालिकामा करिब २ हजार ८ सय मानिसको बसोबास रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार