आईसीसीले घोषणा गर्यो विश्वकपको पुरस्कार राशी, कुनै टिम खाली हात नफर्किने

एजेन्सी : आईसीसीले टी–२० विश्वकप २०२४ को पुरस्कार राशि घोषणा गरेको छ । आईसीसीले प्रतियोगिताको पुरस्कार राशि ११.२५ मिलियन अमेरिकी डलर राखेको छ, जुन एक कीर्तिमान हो । यो अघिल्ला टी–२० विश्वकप प्रतियोगिताहरू भन्दा धेरै हो ।

गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा पुरस्कार राशिको बजेट १० मिलियन अमेरिकी डलर थियो । नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्दैछ । प्रतियोगिताको फाइनल जुन २९ मा हुनेछ ।

Dengue

यसअघिको कुनै पनि टी–२० विश्वकपमा जित्ने टोलीले यति धेरै पैसा पाएका थिएनन् । यो वर्ष यो प्रतियोगितामा कीर्तिमानी २० टोलीले खेल्दैछन् । यसै कारणले यसलाई अहिलेसम्मकै ठूलो टी–२० विश्वकप भनिएको छ ।

पुरस्कार राशीः
विजेताः २.४५ मिलियन डलर
उपविजेताः १.२८ मिलियन डलर
सेमिफाइनलमा हार्ने टोलीः ७,८७,५०० डलर
सुपर ८ बाट बाहिरिने टोलीः ३८२,५०० डलर
९–१२ स्थानमा रहने टोलीः २४७,५०० डलर
१३–२० स्थानमा रहने टोलीः २२५,००० डलर

टी–२० विश्वकपमा प्रारम्भिक राउण्ड अर्थात् समूह चरणमा ४० खेल हुनेछन् । २० टोलीलाई पाँच पाँचको चार समूहमा विभाजन गरिएको छ । समूह चरणमा आ–आफ्नो समूहको शीर्ष स्थानमा रहने दुई टोली सुपर–८ मा पुग्नेछन् । यसपछि सुपर–८ राउण्ड सुरु हुनेछ ।

त्यसपछि सेमिफाइनल र फाइनल खेल बार्बाडोसमा २९ जुनमा हुनेछ । पुरस्कार राशिको घोषणा गर्दा आईसीसीले यो प्रतियोगिता धेरै हिसाबले ऐतिहासिक रहेको भन्दै पुरस्कार राशिलाई पनि ऐतिहासिक राखिएको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार