त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गर्न दैनिक १० घण्टा उडान तथा अवतरण बन्द हुने भएको छ । आगामी कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच महिनासम्म उडान बन्द गरेर धावन मार्ग विस्तार गरिने जनाएको छ । चैत १८ गतेसम्म रातिको समयमा कुनै उडान नहुने प्राधिकरणको भनाइ छ ।

Seti Hospital

यो पाँच महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हरेक दिन बिहान ८ बजेपछिमात्रै खुला हुने छ । अहिले काठमडौं विमानस्थल बिहान ६ बजे खुलेर राती २ बजेसम्म सेवा दिँदै आएको छ । काठमाडौं विमानस्थलको धावनमार्ग र त्यससँग जोडिएको ट्याक्सी वे प्रणालीका विभिन्न निर्माण गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले विमानस्थल सञ्चालन अवधि घटाउन लागिएको अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी नियमअनुसार प्राधिकरणद्वारा जारी एआईपीमा उल्लेख छ ।

प्राधिकरणको यो सूचना प्रकाशित भएसँगै अब अन्तर्राष्ट्रिय वायुसेवाले आफ्ना उडानको समय तालिका फेरबदल गर्नुपर्छ । यसैका आधारमा वायुसेवाहरुले जारी भइसकेका टिकटको उडान समय फेरबदल भइसकेको जानकारी यात्रुलाई दिनुपर्छ ।

विमानस्थलबाट हुने उडान रोकिएको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निर्माणको काम गर्दै आइरहेका तीनवटा निर्माण व्यवसायीहरुले धावनमार्गको उत्तर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायतका काम गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार