टी–२० विश्वकपः अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य

काठमाडौँ : अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकप अन्तर्गत अफगानिस्तानले युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ ।

गुयनास्थित प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन जोड्यो ।

Dengue

उसका लागि रहमानुल्लाह गुरबाजले ४५ बलमा ७६ तथा इब्राहिम जाद्रानले ४६ बलमा ७० रन जोडे । गुरबाजले ४ चौका तथा ४ छक्का हिर्काए भने इब्राहिमले ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, मोहम्मद नाबीले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ युगान्डाका कोसमस कीयुटा र ब्रायन मसाबाले २–२ तथा अल्पेस रमजानीले १ विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार