न्यूरोडबाट फर्किए महानगर प्रहरी, सडक टाल्ने काम जारी

काठमाडौं : डिभिजन सडक कार्यालय काठमाडौंको सडक टाल्ने काम रोक्न न्यूरोड पुगेका महानगरप्रहरी फर्किएका छन् । महानगरले भत्काएको सडक पिच गर्न थालेपछि नगरप्रहरी न्यूरोड पुगेका थिए ।

केहिबेर मेयर बालेन शाहका समर्थक र नगरप्रहरीको अवरोधले पिच बनाउने काममा अवरोध भएको थियो । सोहिक्रममा नगरप्रहरी र सडक विभागका कर्मचारीबीच विवाद समेत भएको थियो ।

Dengue

केही स्थानीय नगरप्रहरीविरुद्ध नाराबाजी गर्न पुगेका थिए । न्यूरोडमा तनाव सिर्जना भएपछि घटनास्थलमा नेपाल प्रहरी पुगेको थियो । प्रहरीको टोली पुगेपछि महानगर प्रहरी फर्किएका हुन् ।

अहिले सडक पिचको काम जारी रहेको छ ।

मेयर शाहको निर्देशनमा फुटपाथ विस्तारका लागि जेठ १२ गते पीच काटिएको थियो । सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनको अल्टिमेटम दिएर सडक जस्ताको तस्तै पार्न भनेको थियो । तर, महानगरले नबनाएपछि सडक विभागले सोमबार सडक टाल्न सुरू गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार