नापी कार्यालय कैलालीका हाकिमको मनमानी, विज्ञापन नगरेरै कर्मचारी भर्ना

धनगढी : नापी कार्यालय कैलालीले मनमानी आफुखुसी करारमा कर्मचारी भर्ना गरेको पाइएको छ।

मालपोत कार्यलय कैलालीले सूचनासमेत सार्वजनिक नगरी करार सेवाबाट कर्मचारी भर्ना गरेको हो। कार्यालयका प्रमुखले आफुखुशी कर्मचारी भर्ना गरेको कुरा बाहिर आएबो छ ।

Seti Hospital

कम्प्युटर अधिकृत देखी सहायक कम्प्यूटर अपरेट तह सम्मका २० जना कर्मचारी करार सेवामा भर्ना गरिएको छ । २० जना कर्मचारीका लागि मासिक रुपमा चार लाख ६७ हजार आठ सय ८९ रुपैयाँ खर्च हुँदै आएको छ भने यसबाट राज्यलाई वार्षिक ५६ लाख १४ हजार बढीको आर्थिक भार थपिएको छ।

नापी कार्यालय कैलालीको तथ्याङ्क अनुसार ४३ हजार ६ सय ८९ रुपैयाँ मासिक तलब सुविधा लिने एक जना कम्प्यूटर अधिकृत करार सेवामा छन्। मासिक ३४ हजार सात सय ३० रुपैयाँ कम्प्युटर अपरेटर एक जना छन्। मासिक ३२ हजार नौ सय २ रुपैयाँ तलब लिने एक जना सहायक कम्प्यूटर अपरेटर छन्।

एक जना २७ हजार ६ सय १२ रुपैयाँ मासिक तलब लिने सवारी चालक करार सेवामा भर्ना गरिएको छ।

त्यस्तै नापी कामदारको तलब १२ जनाले बुझ्दै आएका छन्। उनीहरुले मासिक २१ हजार चार सय ८० रुपैयाँ तलब लिने गरेका हुन्। श्रेणी विहीन रहेका नापी कामदारहरुको मासिक तलबका लागि मात्र २ लाख ५७ हजार सात सय ६० रुपैयाँ खर्च हुने गरेको छ। एक वर्षमा २० जना कर्मचारीको तलब सुविधामा मात्र ५६ लाख १४ हजार ६ सय ६८ रुपैयाँ खर्च हुने गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार