नामिबियाविरुद्ध ओमान १०९ रनमा अल आउट

काठमाडौं : नवौं संस्करणको टी-२० विश्वकपको तेस्रो खेलमा ओमानले नामिबियालाई जितका लागि १ सय १० रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजको बारबाडोसमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९ दशमलब ४ ओभरमा अल आउट हुदै १ सय ९ रनमा समेटियो ।

Dengue

ओमानका लागि खालिद कैलले ३९ बलमा १ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३४ रन बनाए । जिशान मक्सुदले २० बलमा २२ तथा आयान खानले २१ बलमा १५ रन बनाए ।

इनिङको सुरुआती दुई बलमा विकेट लिदै सुरु गरेको नामिबियाले नियमित रुपमा विकेट लिदै ओमानलाई कम योगफलमा नै समेट्न सफल भयो ।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले चार तथा डेबिड बिजेले तीन विकेट लिए । ग्रेहार्ड इरास्मसले दुई विकेट लिए ।

नामिबियाको टी-२० विश्वकपमा यो लगातार तेस्रो सहभागीता हो । २०२१ मा पहिलो पटकको सहभागीतामा सुपर १२ मा स्थान बनाउँन सफल नामिबियाले गत संस्करणको आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै ठूलो सफलता हात पारेको थियो । नामिबिया अफ्रिका महादेश छनोटबाट शीर्ष दुईमा रहेर विश्वकपमा छनोट भएको हो ।

यता, तेस्रो पटक विश्वकप खेल्दै गरेको ओमान एसिया क्षेत्र छनोटको बिजेता बन्दै विश्वकपमा छानिएको हो । ओमानले छनोटको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरेको थियो ।

ओमान र नामिबियाबीच टी-२० आईको पछिल्लो पाँच खेलमा नामिबिया तीन तथा ओमान दुई खेलमा विजयी भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार