लागुऔषधको अखेडा बन्दै कैलाली, हिजो ३ जना प्रहरी खोरमा

धनगढीः कैलाली लागुऔषधको अखेडा बन्दै गएपछी दिनै पिच्छे लागुऔषध सहित मानिस पक्राउ परेको खबर बाहिरिन्छ ।हिजो मात्रै कैलालीमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनगढी उपमहानगरपालिका-२ राम जानकी मन्दिर नजिकबाट सोही ठाउँ बस्ने १९ वर्षीय रमेश चौधरी र घोडाघोडी नगरपालिका-१ बस्ने २५ वर्षीय बिकास चौधरी ८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्।

Seti Hospital

यस्तै टीकापुर नगरपालिका-१ रिगल चोकबाट सोही ठाउँ बस्ने २१ वर्षीय बिपिन साउद ३३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्। तीनै जनालाई आइतवार लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार