टी-२० विश्वकप: आयोजक वेस्ट इन्डिजको विजयी सुरुवात

काठमाडौं : टी-२० विश्वकप क्रिकेटमा आयोजक वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा वेस्ट इन्डिजले पपुवा न्यु गिनी(पिएनजी)लाई ५ विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले दिएको १ सय ३६ रनको सामान्य लक्ष्य वेस्टइन्डिजले अन्तिम ओभर बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्यो। वेस्ट इन्डिजको जितमा रोस्टन चेजले ४२ रनको नटआउट इनिङ खेले।

Dengue

त्यस्तै, ब्रान्डन किंगले ३४ रन बनाउँदा निकोसल पुरनले २७ रन बनाए। त्यस्तै कप्तान रोभमन पावेलले १५ रन बनाउँदन आन्द्रे रसेल १५ रनमा नटआउट रहे। पिएनजीका लागि आसाद भालाले २ विकेट लिँदा एलिया नाओ, चाद सोपर र जोन कारीकोले समान १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पपुवान्युगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। उसका लागि सेसे बाउले ४३ बलमा ५० रनको अर्धशतकीय इनिङ खेले। उनी टी-२० विश्वकपमा पिएनजीका लागि अर्धशतक पूरा गर्ने दोस्रो खेलाडीसमेत बने। तर, अन्यको प्रदर्शन भने गतिलो रहेन। किपलीङ दोरिगाले २७ रनको नटआउट इनिङ खेल्दा कप्तान असद भालाले २१ रन बनाए। थप दोहोरो स्कोरका रुपमा चार्लेस अमिनीले १२ र चाद सोपरले १० रन बनाए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार