काठमाडौं । सामाजिक अभियान्ता तारा बराल पक्राउ परेकी छिन् । प्रहरीको साइबर ब्यूरोको टोलीले बराललाई पक्राउ गरेको हो ।
बराललाई साइबार अपराधको आरोपमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार बराललाई साइबर कानून वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार बरालमाथि सामाजिक सञ्जालको प्रयोग गरेर महिलाको चरित्र हत्या गरेको आरोप छ । बराललाई साइबर अपराधमा हिरासतमा राखेर अनुसन्धान गर्नका लागि ब्यूरोले पाँच दिनको म्याद पाएको छ ।
प्रतिक्रिया दिनुहोस्