अमेरिकाको ओहायोमा गोली चल्यो, १ को मृत्यु, २६ जना घाइते

न्युर्योक : अमेरिकाको ओहायोमा भएको गोलीकाण्डमा १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
एबिसीन्यूजका अनुसार ओहायो राज्यको एक्रोन शहरमा आइतबार बिहान भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको हो भने अन्य २६ जना घाइते भएका हुन ।

गोली उक्त शहरको केली एभिन्यू(मार्ग)र आठौं एभिन्यू(मार्ग) नजिक मध्यरात पछि भएको बताइएको छ। प्रारम्भिक विवरण अनुसार एक २७ वर्षीय व्यक्तिको मृत्यु भएको छ भने दर्जनौं घाइतेहरूलाई क्षेत्रीय अस्पतालहरूमा लगिएको र कतिपयको अवस्था गम्भिर रहेको बताइएको छ । एक्रोन प्रहरी तथा अग्नि नियन्त्रण बिभागले यसको अनुसन्धान गरिरहेको एबिसीन्यूजमा उल्लेख छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार