डोनाल्ड ट्रम्प पनि अब टिकटकमा, राष्ट्रपति छँदा आफैँले प्रतिबन्ध लगाउन खोजेको थिए

काठमाडौं : आउने राष्ट्रपति चुनावमा उम्मेदवारी दिन खोजिरहेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकमा जोडिएका छन् । कुनै समय उनी आफैँले टिकटकमा प्रतिबन्ध लगाउन खोजेका थिए ।

रिपब्लिकन पार्टीबाट उनी उम्मेदवारी दिन खोजिरहेका छन् । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा अकाउन्ट खोलेर भिडिओ राख्न थालेका छन् ।

Dengue

टिकटकमा ट्रम्पको युजरनेम @realdonaldtrump  र अकाउन्ट नाम ‘प्रेसिडेन्ट डोनाल्ड जे ट्रम्प’ रहेको छ । उनको यो अकाउन्ट भेरिफाइड पनि भइसकेको छ । साथै उनले आफ्नो अकाउन्टबाट पहिलो भिडिओ समेत पोस्ट गरेका छन् ।

विशेष गरी युवा लगायतका सम्भावित मतदातासम्म पुग्न ट्रम्पले टिकटकको सहारा लिएको अनुमान गरिएको छ । तर उनै ट्रम्पले आफू राष्ट्रपति हुँदा सन् २०२० मा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । उनको  सो कदमलाई अदालतले रोकिदिएको थियो ।

अनुसार प्रतिबन्धबाट बच्न बाइटडान्सले टिकटकमा भएको अमेरिकी डेटा १९ जनवरी २०२५ भित्र दिनुपर्ने वा प्लेटफर्मको शेयर बेच्नुपर्नेछ ।

तर टिकटकको मातृ कम्पनी बाइटडान्सले भने अमेरिकी प्रतिबन्धबाट बच्न अमेरिकी सङ्घीय अदालतमा मुद्दा दर्ता गरिसकेको छ । यस्तो परिवेश बीच ट्रम्प टिकटकमा जोडिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार