दाङको मालपोत र नापी कार्यालयमा गुठी पीडित किसानको तालाबन्दी, पाँच राउन्ड हवाई फायर

दाङ : स्वर्गद्वारी गुठीपीडित किसानहरूले दाङको घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् ।

आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै मोही पीडित किसानहरूले तालाबन्दी गरेका हु्न् । सरकारले पटकपटक आफूहरुसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेकाले तालाबन्दी गर्नु परेको समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।

dashain shuvakamana
Discovery School

तालाबन्दी भएको मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीले घेरेका छन् । आन्दोलनकारीलाई हटाउन प्रहरीले दर्जनौ राउन्ड अश्रुग्यास र पाँच राउन्ड हवाई फायर गरेको दाङ प्रहरीले जनाएको छ । स्थिति अहिले तनावग्रस्त छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार