क्यानडाले अमेरिकालाई दियो १९५ रनको विशाल लक्ष्य

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा क्यानडाले घरेलु टोली अमेरिकालाई १ सय ९५ रनको लक्ष्य दिएको छ।

डल्लासको ग्राण्ड प्रेरी मैदानमा सुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको क्यानडाले पूरै २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रन जोड्यो । उसका लागि नवनीत धालिवालले ६१ र निकोलस किर्तनले ५१ रनको अर्धसतकीय पारी खेले। त्यस्तै आरोन जोनसनले २३ तथा श्रयस मोभ्भाले ३२ रनको योगदान गरे।

Dengue

अमेरिकाका अली खान, हर्मित सिंह र कोरी एन्डर्सनले एक–एक विकेट लिए। अमेरिका केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ। वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको हो भने अमेरिकाले पहिलो मौका पाएको हो । प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन्। पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो।

सहभागी २० टोलीमा सन् २०२२ को विश्वकपको शीर्ष आठ र टी–२० वरीयताको आधारमा दुई टोलीले सिधैं स्थान बनाउँदा अन्य ८ टोली क्षेत्रीय छनोटबाट स्थान बनाएका हुन्।

यस्तै वेस्ट इन्डिज र अमेरिका आयोजकको रूपमा सिधैं विश्वकप खेल्न पाएका हुन्। आयोजक अमेरिकासँगै क्यानडा र युगान्डाले पहिलोपटक विश्वकप खेल्दैछन्। सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘डी’मा छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार