काठमाडौं : नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अमेरिकाविरुद्ध क्यानडाका पूर्वकप्तान नवनीत धालिवालले अर्धशतक पूरा गरेका छन् ।
उनले ३६ बलमा चार चौका र तीन छक्कासहित अर्धशतक पूरा गरेका हुन् । टी–२० आईमा धालिवालको यो सातौं अर्धशतक हो ।
उनकै उत्कृष्ट ब्याटिङको मद्दतमा क्यानडाले राम्रो ब्याटिङ गरिरहेको छ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले १२ ओभरमा २ विकेट गुमाएर १०२ रन बनाएको छ ।
जारी संस्करणको विश्वकपमा पहिलोपटक २० देशले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा नेपालले पहिलो खेलमा मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
त्यसपछि नेपालले १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशको सामना गर्नेछ । नेपाल १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्