उत्कृष्ट क्रिकेट खेलेर समर्थकलाई गर्व महसुस गराउने छौँः कप्तान पौडेल

काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप २०२४ मा आफूहरुले उत्कृष्ट क्रिकेट खेलेर समर्थकहरुलाई गर्व महसुस गराउने बताएका छन् ।

शुक्रबार डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा अभ्यासको क्रममा कप्तान रोहित पौडेलले उक्त प्रतिक्रिया दिएका हुन् । २० टोली सहभागी टी-२० विश्वकप आइतबारदेखि अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

Dengue

‘अमेरिकामा आएपछि धेरै समर्थकहरुसँग कुरा गरें । हामीभन्दा बढी तयार समर्थकहरु छन् । मंगलबार नेदरल्यान्ड्सविरुद्ध धेरै साथ दिने समर्थकले बताउँदा एकदमै खुसी लागेको थियो । नेपालमा त झन् हामीभन्दा तीन गुणा बढी तयार छन्’, रोहितले भने, ‘हामी आफ्नो उहाँहरुलाई उत्कृष्ट क्रिकेट खेलेर गर्व अनुभव हुने प्रयास गछौं । टिम विश्वकपको लागि तयार छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार