दार्चुलाः दार्चुलामा भिरबाट लडेर अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको मृत्यु भएको छ।
जिल्लाको अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलकको भिरबाट लडेर मृत्यु भएको हो।
काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको हो। यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको आफन्तले बताए। मृत्तकको शव आफन्तले लेकबाट गाउँतिर ल्याएर दाहसंस्कार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्