गृहमन्त्री लामिछाने एकाएक काठमाडौंका तीन वटा प्रहरी वृत्तमा

काठमाडौं : उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले शुक्रबार साँझ काठमाडौंका तीन वटा प्रहरी वृत्तको स्थलगत अनुगमन गरेका छन् । उनले महानगरीय प्रहरी वृत बौद्ध, गौशाला र महाराजगन्जको स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा कार्य प्रणाली जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्या आदिबारे वृत्त प्रमुखसँग जानकारी लिएका छन् । यस्तै उजुरी रजाहेरीका प्रकृति र दैनिक आउने संख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको संख्याबारे पनि जानकारी लिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

Dengue

सचिवालयका अनुसार नागरिकको गुनासो तत्काल सुन्न, पीडित मैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीन वटै वृत्तका प्रमुखलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री लामिछानेले नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेश गर्न महाराजगन्ज वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई निर्देशन दिएका छन् ।

प्रहरीका कामलाई थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सुझाव दिन पनि उनले आग्रह गरेको जनाइएको छ । प्रहरी संगठनलाई अझ नागरिकमैत्री, व्यवसायिक, स्रोत, साधनयुक्त र चुस्त,दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउनका लागि पृष्ठपोषण लिन उनले तल्लो तहका प्रहरी कार्यालयको अनुगमन थालेका हुन् । यसको निरन्तरता हुने उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार