काठमाडौं : कुमारी बैंक लिमिटेड ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२४’ बाट सम्मानित भएको छ ।
इन्फोसिसद्वारा आयोजित अवार्ड समारोहमा कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२४’ बाट सम्मानित गरिएको हो । १० विधाका दुई सय मनोनयनमध्ये कुमारी बैंक कोर बैंकिङ ट्रान्सफर्मेसन विधातर्फ उत्कृष्ट रहँदै प्रोसेस इनोभेसन श्रेणीमा स्वर्ण विजेता घोषित भएको हो ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ३१४ एटीएम, ४९ एक्सटेन्सन काउन्टर र ५९ शाखारहित बैंकिङ्ग इकाईमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
बैंकले आगामी दिनमा थप सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्