‘ज्वाइँ साब’को छायांकन शुरु, जितु र नीति प्रमुख भूमिकामा

काठमाडौँ : बसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘ज्वाइँ साब’को छायांकन सुरु गरिएको छ ।

शुक्रबार बिहान मकवानपुर जिल्लाको पर्यटकीय गन्तव्य चित्लाङस्थित स्वच्छन्द भैरव मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन थालिएको हो ।

Dengue

चित्लाङमा २० दिनको छायांकन गरिने भएको छ । त्यसपछि बाँकी छायांकनका लागि निर्माण टिम सौराहा र इलाम जाने तयारीमा छ ।

फिल्ममा हास्य अभिनेता जीतु नेपाल र अभिनेत्री नीति शाहको जोडी बाँधिएको छ । अभिनयको हिसाबले नीतिको यो दोस्रो फिल्म हो । फिल्ममा रमेश वुढाथोकी, प्रकाश घिमिरे, वुद्दि तामाङ, हिमेश पन्त, निमा पाण्डे लगायतको पनि अभिनय रहनेछ ।

फिल्ममा जीतु ज्वाइँको भूमिकामा देखिनेछन् । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्मको छायाँकार श्याम तामाङ हुन् । 

राज कुमार पण्डित प्रस्तुतकर्ता रहेको ‘ज्वाइँ साब’मा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ निर्मातामा छन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन छ ।

फिल्मलाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिए । फिल्म यसै वर्षको तिहारमा रिलिज हुने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार