बाणिज्य बैंकहरूमा झण्डै ४ प्रतिशत कर्जा निष्क्रिय,नेट एनपीएल १.१४ प्रतिशत मात्रै

काठमाडौं : बाणिज्य बैंकहरुमा झण्डै ४ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । नेपाल राष्ट्र बैंकको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । 

बाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात उच्च भए पनि खुद निष्क्रिय कर्जा अनुपात (नेट एनपीएल) भने अत्यन्तै कम देखाइएको छ ।
 
सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंकहरुको चैत मसान्तसम्म निष्क्रिय कर्जा अनुपात औसत ३.८९ प्रतिशत पुगेको छ । तर, त्यसमा खुद निष्क्रिय कर्जा अनुपात अर्थात् नेट एनपीएल भने १.१४ प्रतिशत मात्रै देखाइएको हो । 

Dengue

राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो त्रैमासदेखि बाणिज्य बैंकहरुको नेट एनपीएल गणना गर्न सुरु गरेको थियो । त्यसबेला बाणिज्य बैंकहरुको नेट एनपीएल १.१३ प्रतिशत मात्रै थियो । कुल निष्क्रिय कर्जा अनुपात भने ३.६३ प्रतिशत रहेको थियो ।

तथ्यांकअनुसार सबैभन्दा कम नेट एनपीएल एभरेष्ट बैंकमा देखिएको छ । उक्त बैंकमा ०.२० प्रतिशत मात्रै नेट एनपीएल छ । उक्त बैंकको कुल निष्क्रिय कर्जा अनुपात पनि अरुको भन्दा कम अर्थात् ०.७० प्रतिशत छ । 

दोस्रो स्थानमा भने नेपाल एसबीआई बैंक रहेको छ । उक्त बैंकमा ०.२२ प्रतिशत मात्रै खुद निष्क्रिय कर्जा अनुपात छ । उक्त बैंकको कुल निष्क्रिय कर्जा अनुपात भने १.९८ प्रतिशत देखिएको छ । 

यसैगरि तेस्रो स्थानमा रहेको कुमारी बैंकसँग ०.३८ प्रतिशत खुद निष्क्रिय कर्जा अनुपात देखिएको छ । उक्त बैंकको कुल निष्क्रिय कर्जा अनुपात भने ४.९५ प्रतिशत रहेको छ । 

समीक्षा अवधीमा सबै भन्दा धेरै खुद निष्क्रिय कर्जा अनुपात लक्ष्मी सनराज बैंकसँग देखिएको छ । उक्त बैंकमा कुल निष्क्रिय कर्जा अनुपात ५.४९ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा अनुपात भने २.२४ प्रतिशतमा सीमित छ ।

बैंकहरुले निष्क्रिय कर्जाबापत तोकिएको सीमामा कर्जा नोक्सानी व्यवस्था अर्थात्, प्रोभिजनिङ राख्ने गर्छन् । त्यसरी प्रोभिजनिङ राखिएको रकमलाई हटाएर नेट एनपीएल निकालिएको हो ।

प्रोभिजनिङ राखिएको कर्जा डुबेमा वा अशुल नभएमा बैंकहरुको वित्तीय अवस्था थप प्रभावित हुँदैन । किनकी, त्यसलाई प्रोभिजनिङले सुरक्षा प्रदान गरिसकेको हुन्छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार