भारतमा ग्यास पड्किदा बझाङका प्रशान्तको मृत्यु, अन्य ४ जनाको अवस्था गम्भिर

बझाङ : भारतमा ग्यास पड्किदा बझाङका एक बालक मृत्यु भएको छ । भारतको व्याङलोरको सिटी मार्केटमा मृत्यु हुने बालक बझाङ जिल्ला जयपृथ्वी नगरपालिका ११ सुइलका प्रशान्त बोहरा हुन् । उनको व्याङलोरको सिटी मार्केटमा रहेको भेक्टोरीया अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको परिवारले जनाएको छ ।

रोजगारीको सिलसिलामा भारतको व्याङलोरमा बस्दै आएका मदन बोहराको कोठामा गएराति १२ बजे ग्यास पड्किदा एकै परिवारका ५ जना गम्भीर घाइते भएका थिए । घाइते हुनेमा मधन बोहरा, प्रमजला बोहरा, निरुता कुमारी बोहरा, अनिता कुमारी बोहरा रहेका छन् । घाइतेहरूको अहिले व्याङलोर मै रहेको भेक्टोरीया अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको उपचारमा धेरै खर्च लाग्ने र आर्थिक स्थिति कमजोर भएकाले उपचारमा समस्या भएको भन्दै सहयोगको लागी अपिल गरिएको छ । सहयोग गर्न चाहाने व्यक्तिले पुष्पराज खत्रीको भारतको नम्बर ८९०४४१६७७९ र शिव धामीको ९६११२६४०७१ मा सम्पर्क गर्न सकिने छ ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार