गोदावरी नगर कमिटि एमालेको अध्यक्षमा सन्तोषले बाजी मारे

अत्तरियाः नेकपा एमाले कैलालीको गोदावरी नगर कमिटिकोे अध्यक्षमा सन्तोष सिंह विजयी भएका छन् । पार्टी कार्यालय वनखेतमा हिजो भएको निर्वाचनबाट वर्तमान कार्यबाहक अध्यक्ष समेत रहेका सिंह १६२ मत सहित विजयी भएका हुन् ।

सिंहका प्रतिद्धन्दी हरि प्रसाद फुलाराले १४० मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा १४९ सिंह प्यानलकै मत सहित कृत बहादुर चन्द विजयी भएका छन् । उनका प्रतिद्धन्दी अमरराज पाठकले १३४ मत पाएका छन् ।

Dengue

त्यस्तै सचिवमा फुलारा प्यानलका १५५ मत सहित विक्रम विष्ट विजयी भएका छन् । उनका प्रतिद्धन्दी भिम बहादुर साउँदले १३५ मत पाएका छन् । उप सचिव महिलामा १५४ मत सहित कृष्णा चौधरी विजयी भएकी छन् ।

उनकी प्रतिद्धन्दी इन्द्रा कुँवरले १३५ मत पाएकी छिन् । त्यसैगरी उप सचिव खुलाबाट जय बहादुर विक १४६ मतसहित निर्वाचित हुँदा प्रतिद्धन्दी भिम बहादुर विकले १३६ मत पाएका छन् ।

निर्वाचनमा जम्मा ३०५ मत खसेको थियो । सिंहलाई पूर्व मेयर हरिसिंह साउँद , पूर्वमन्त्री कृष्णराज सुवेदी, खम्ब बुढा लगाएतले समर्थन गरेका थिए भने फुलारालाई एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट , दामोदर रिजाल , सबित्रा घिमिरे, आनन्द भट्ट लगाएतको समर्थन रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार