अदालतबाटै थुनुवा हतकडीसहित भागेपछि कैलाली प्रहरीमा हलचल….

धनगढी : कैलालीको धनगढीमा रहेका थुनुवा योगेश कठरिया हिजो दिउँसो प्रहरीकै निगरानीबाट भागेका हुन्। हिजो (बिहीबार) दिउसो अदालत क्षेत्रबाट कैलाली प्रहरीको हिरासतमा रहेका थुनुवा एकाएक गायब भएपछी प्रहरीमा हलचल मच्चियो ।

जिल्लाको टीकापुर नगरपालिका १ बस्ने वर्ष २१ को योगेश कठरियालाई जिल्ला अदालतमा म्याद थपका लागि अदालत लगिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा डिएसपी कबिन्द्र बोहरा अनुसार कठरिया हिजो दिउँसो प्रहरीको निगरानीबाटै भागेको सुचना पाए लगत्तै प्रहरी अफिसरको नेतृत्वमा टोली खटाई १५ मिनेटमै अटोमा बसी भागी रहेको अवस्थामा नियन्त्रणमा लिएका हौं । उनी हतकडीसहित भागेर अटोमै बसेका थिए।

Dengue

त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः थुनामै राखेको जनाएको छ। लागुऔषध मुद्दामा प्रतिवादी उनलाई हिजो म्याद थप गर्न अदालत लगिएको समयमा भाग्न खोजेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार