जिल्ला अस्पताल बझाङले बिरामीलाई औषधिमा छुट दिने !

 बझाङ:  जिल्ला अस्पताल बझाङमा रहेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको ५ प्रतिशत छुट दिइने भएको छ । जिल्ला अस्पताल व्यवस्थापन समितिको यही जेठ १० गते बसेको बैठकले उक्त निर्णय गरेको हो । गणतन्त्र दिवस २०८१ सालको अवसर पारी अस्पतालले आज देखि लागु हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा पाँच प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिंहले बताउनुभयो ।

अस्पतालमा हाल ९८ प्रकारका औषधि निःशुल्क पाइने र त्यस बाहेका औषधि किन्दा ५ प्रतिशत छुट गर्ने निर्णय गरिएको अध्यक्ष सिंहको भनाइ छ । दिवसको अवसर पारी अस्पताललाई जनमुखी बनाउने गरी काम गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सिंहले बताउनुभयो ।

Dengue

अस्पतालमा आएका बिरामीलाई ५ प्रतिशत छुट दिँदा नागरिक धेरै राहत पाउने अस्पतालका प्रमुख डा. नबराज जोशीले बताउनु भयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार