काठमाडौं : नेपालका स्टार स्पिनर सन्दीप लामिछानेको भिसा प्रक्रिया अघि बढेको छ ।
लामिछानेको नेपालस्थित अमेरिकन दूतावासमा अपराह्न चार बजे अन्तर्वार्ता हुने भएको छ ।
अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो ।
नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार दूतावासले उनीसँग अन्तर्वार्ता लिन लागेको हो ।
भिसा लागे उनी बिहीबार राति नै अमेरिका उड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्