टी–२० विश्वकप हेर्न नेपालीले भारतीय च्यानलकै भर पर्नुपर्ने

काठमाडौँ : अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको प्रत्यक्ष प्रशारण हेर्न नेपालीले भारतीय च्यानलकै भर पर्नुपर्ने भएको छ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको प्रत्यक्ष प्रसारणको अनुमति पाउने देशहरुको सूचीमा नेपालको नाम उल्लेख गरेको छैन। 

Dengue

आईसीसीले भारतलाई प्राथमिकता दिएर पहिलो नम्बरमा राखेको छ। भारतले स्टार स्पोर्ट्स नेटवर्क र डिज्नी प्लस हट स्टारमार्फत विश्वकपको प्रत्यक्ष प्रशारण गर्नेछ। 

भारतले हिन्दीसँगै तामिल र तेलुगु भाषमा समेत प्रशारण गर्ने भएको छ। कान नसुन्नेहरुका लागि समेत भारतले साङ्केतिक भाषामा पनि विश्वकपको प्रशारण गर्ने भएको छ। 

पाकिस्तान, अमेरिका, क्यानडा, वेष्ट इण्डिज, इंग्ल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डले पनि विश्वपको प्रत्यक्ष प्रशारण गर्नेछन्। दक्षिण अफ्रिका, युगाण्डा र नामिबियासहित अफ्रिकी देशहरुमा पनि विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न पाइनेछ। 

यूएई र श्रीलंकामा पनि स्थानीय सञ्चारमाध्यमबाटै विश्वकप हेर्न सकिनेछ। 

प्रशारण अनुमति नपाएका देशहरुको हकमा भने आईसीसीको एपबाट निःशुल्क खेल हेर्न सकिने पनि आईसीसीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार