महिनावारिको समयमा ध्यान दिनुपर्ने विशेष कुराहरु

काठमाडौं : महिनवारि भनेको महिलाको शरीरमा हरेक महिनाको एकचोटी योनीबाट रक्तश्राब हुने प्रकृया हो। यस्तो रगत २ देखि ७ दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ। यो हुनु भन्नाले एउटा केटी बच्चा महिलामा रुपान्तरन भई एउटा आमा बन्न शरीरमा  परिबतन हुनु  हो ।महिनवारि चक्र व्यक्तिअनुसार २१ देखि ३५ दिनको हुने गर्छ।

महिनवारि प्राकृतिक र स्वाभाविक प्रक्रिया हो । यसको बारेमा सही जानकारी नहुँदा पहिलो पटक महिनावारी हुँदा  धेरै किशोरीहरु आत्तिने गर्छन् । त्यसैले  अभिभावकहरुले महिनवारिबारे आफ्नो छोरि लाई जानकारी दिनुपर्छ । महिनावारी सुरु भएपछि योनीबाट एक प्रकारको सेतो पानी बग्न सक्छ। यो समान्य हो तर सेतो पानी गन्हाउने, योनी वरिपरि चिलाउने वा पोल्ने भयो भने यसको उपचार गर्नुपर्छ। 

Seti Hospital

महिनावारी भएको बेला शरीर कमजोर महशुस हुनेभएकाले शरीरलाई बलियो बनाउन पौष्टिक खानपानमा विशेष ध्यान दिने । त्यसतै महिनावारी हुँदा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ। सरसफाइमा ध्यान दिइएन भने विभिन्न् समस्या देखिन्छन् गन्हाउने सेतो पानी बग्ने, योनी चिलाउने, पिसाब पोल्ने तथा संक्रमण हुन्, यौनांगमा घाउ भई हिँड्न गाह्रो हुन्छ। त्यसैले महिनावारी हुँदा अभिभावकले समेत विशेष ध्यान दिनुपर्ने र सिकाउनु पर्ने हुन्छ ।

धेरैजसो महिलाहरुमा महिनावारिको समयमा  पेट दुख्ने, स्तन दुख्ने, ढाड दुख्ने, हात खुट्टा करकर खाने, कसैलाई बेचैन, तनाव हुने, टाउको दुख्ने पनि हुन्छ। यो समस्या सामान्य हो ।  तर अधिक दुखाइ भएको  खण्डमा  महिनावारि मात्र नभएर अरु रोग पनि हुनसक्छन।  यस्तो अवस्थामा नजिकको स्वास्थ्यसंस्थामा गएर चेकअप गराईहाल्नुपर्छ। 

महिनावारिको समयमा ध्यान दिनुपर्ने कुराहरु

  • नियमित रुपमा नुहाउने, लगाएको कपडा फेर्ने र बेलाबेलामा साबुन पानिले हात धुने ।
  • स्यानेटेरी प्याड वा सफा नरम सुतीको कपडाको प्रयोग गर्ने ।
  • हरेक २– ४ घण्टामा प्याड फेर्नुे ।
  • कम्तिमा ३० मिनेटको सामान्य शारिरिक व्यायाम गर्ने ।
  • प्रयोग गरेको कपडाको राम्रो संग धोएर घाममा सुकाउने अनि मात्र प्रयोग गर्ने। 
  • प्रयोग गरेको प्याड जथाभाबी नराखने, कागजमा बेरेर मात्र फयाकने ।
  • पौष्टिक खाना, सागसब्जी, तरकारी, फलफूल दुध, दही, गेडागुडी, प्रशस्त मात्रामा खाने ।
  • व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने । आफ्नो वरपर र आफुले प्रयोग गर्ने वस्तु पनि सफा राख्ने ।
  • पेट वा ढाड दुखेमा तातो पानी राखेको रबरको थैला वा बोतलमा पानी राखेर सेक्ने । 
  • महिनावारी रोकने  Pills को धेरै प्रयोग नगर्ने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार