लिच्ची मन पर्यो भनेर धेरै नखानुस्, हुन सक्छ नोक्सानी

एजेन्सी : लिच्चीको मौसम आइसकेको छ । लिच्ची बुढादेखि बच्चासम्म सबैलाई खान मन पर्छ । लिच्चीमा भिटामिन सी, भिटामिन बी ६, नियासिन, फोलेट, पोटाशियम, जस्ता खनिज तत्व पाइन्छन् ।

लिच्ची हाम्रो स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । तर, सीमित मात्रामा नै यसको सेवन गर्नुपर्दछ । एक दिनमा कति लिच्ची खान सकिन्छ त ?

Dengue

लिच्चीमा ८३ प्रतिशत पानी र १६.५ प्रतिशत काब्र्स हुन्छ । अर्थात १०० ग्राम लिच्चीमा प्रोटिन, काब्र्स, चिनी, फाइबर र फ्याट्स हुन्छन् ।

विज्ञकाअनुसार तपाईंलाई दैनिक लिच्ची खान मन लाग्छ भने बिहान नास्ताको समयमा वा दिउँसोमा खानु राम्रो मानिन्छ । यसलाई रातमा नखाएको राम्रो ।

एक दिनमा १० देखि १२ वटा लिच्ची खानु स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ । यो भन्दा धेरै खानु स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ ।

लिच्चीमा ग्लाइसेमिक इन्डेक्स एकदमै कम हुन्छ त्यसैले मधुमेहका बिरामीले पनि यसलाई नडराई खान सक्छन् । तर, उनीहरुले सीमित मात्रामै खानुपर्दछ ।

तपाईंले दैनिक १० देखि १२ वटा लिच्ची खानुहुन्छ भने यसले कलेजोको स्वास्थ्यमा पनि फाइदा गर्छ । यसले कलेजोसँग जोडिएका रोगको जोखिम कम हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार