बैतडी बाट शैक्षिक अवलोकन भ्रमणमा गएको गाडी बर्दियामा दुर्घटना

बैतडी: मेलौली नगरपालिकाबाट शैक्षीक भ्रमणको लागि गएको बस दुर्घटनामा परेको छ। मणिलेक नमुना माविबाट शैक्षिक अवलोकन भ्रमणका लागि गएको ना ८ ख ६३६१ नम्बरको बस बुधबार बिहान ०५ः४५ बजेतिर दुर्घटनामा परेको हो।

बर्दियाको पूर्ब पश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिका ४ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख (डिएसपी) तुल्सीराम अर्यालले बताउनुभयो। सडक किनारमा रोकिराखेको ट्रकमा बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

Dengue

दुर्घटनामा परी १३ जना समान्य घाईते भएका छन। घाईते मध्ये ५ जनाको नेपालगन्जमा उपचार भईरहेको जनाएको छ। बसमा ४२ जना सवार रहेको थिए।

बस मंगलबार मेलौलीबाट शैक्षिक अवलोकन भ्रमणका लागि चितवन तर्फ हिडेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार