बुधबार कृष्ण भगवानको पूजा

काठमाडौं : हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मान्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । कतिपयलाई ज्ञान नहुनसक्छ बुधबार कुन देवताको पुजा गर्ने भन्ने । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णको अवतारको पूजा गरिन्छ ।

पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने जनविश्वाससमेत रहि आएको छ । साथै ज्योतिष शास्त्र अनुसार बुधबारको दिनमा पुरुष ससुराली जानु हुँदैन र महिलाको अपमान गर्नु हुँदैन भन्ने मान्यता रहेको छ ।

Dengue

कृष्णको पूजा गर्दा घिउ र दुध चढाउन आवश्यक रहेको छ । साथै ब्रत बस्दा दिउसो एक पटक दुधबाट बनेको परिकार खानु पर्दछ। बुध ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन नयाँ कामको थालनी गर्दा पनि शुभ हुने विश्वास रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार