यार्सागुम्बा टिप्न जादै थिइन् जमुना बाटै गयो ज्यान

काठमाडौं : यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमकी युवतीको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका- ४ गोतामकोट विष्टगाउँकी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकामा मृत्यु भएको हो।

वडाध्यक्ष नरसिं विष्टका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला जमुना लेक लागेर बिरामी भएकी थिइन्। साथै गएकी कान्छी बहिनी सरस्वतीसहित घर फर्किँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । 

Seti Hospital

जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गर्ने तयारी भएको छ। त्यसपछि गोतामकोट ल्याई अन्त्येष्टि गर्ने वडाध्यक्ष विष्टले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार