डा.सिके राउतले काठमाडौंबाट ‘नौलो गणतन्त्र’ आन्दोलनको घोषणा गर्दै

काठमाडौं : गणतन्त्र दिवसकै दिन पारेर जनमत पार्टीले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्दैछ । पार्टीका अध्यक्ष डा. सीके राउतले काठमाडौंको भृकुटीमण्डपमा आज हुने उद्घोष सभामा आन्दोलनको घोषणा गर्ने भएका हुन् ।

सभामा अध्यक्ष राउतसँगै पार्टीका अन्य नेताहरूले पनि सम्वोधन गर्ने छन् । कार्यक्रमका लागि मधेस सहितका जिल्लाबाट  जनमतका नेता कार्यकर्ताहरू काठमाडौं आइसकेका छन् ।

Dengue

कतिपय कार्यकर्ताहरु रात्री बस मार्फत काठमाडौं आउने क्रम जारी रहेको नेता बुद्धिराज न्यौपानेले बताए । मुलुकमा गणतन्त्र आएको डेढ दशक बितिसक्दा पनि जनताले महसुस गर्न नसकेकाले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्न लागिएको न्यौपानेले बताए ।सभामा हजारौं कार्यकर्ता सहभागी हुने जनमतले जनाएको छ ।

विहान ११ बजे भृकुटी मण्डपसहित विभिन्न स्थानबाट निस्किने सांस्कृतिक झाँकीसहितको र्याली भद्रकाली, शहीद गेट, बीर अस्पताल र रत्नपार्क हुँदै पुनः भृकुटी मण्डपमा फर्किएपछि सभामा परिणत हुनेछ ।

राजनीतिक दल र नेताहरूको स्वेच्छाचारी, तानासाही, भ्रष्टाचारका कारण मुलुक असफल राष्ट्र बन्न लागेको जनमतको ठहर छ । देश विकासका लागि जनता फेरि एकपटक जागरुक हुनु परेको भन्दै ‘नौलो गणतन्त्र’को आन्दोलनमा होमिन जनमतले आव्हान पनि गरेको छ ।

गरिबी र बेरोजगारलाई केन्द्रविन्दुमा राखेर राजनीति गर्ने जनमतले बताउदै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार