बजेट बनाउने आर्थिक मामिला मन्त्रालय नै मन्त्री बिहीन,मुख्यमन्त्री सोडारी अझै अलमलमै

धनगढी : आगामी आर्थिक वर्षको लागि बजेट बनाउने दिन नजिकै आईरहेका बेला प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालय नै मन्त्री बिहीन बनेको छ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएको पनि एक साता बितिसकेको छ तर प्रदेश सरकार गठन गर्ने कुरामा मुख्यमन्त्री सोडारी अझै अलमल्लिरहेको देखिन्छ । मन्त्रालयको भागबण्डा मिलाउन सत्ता गठबन्धनका शिर्ष नेतृत्वसँग छलफल गर्न काठमाण्डौ पुगेका मुख्यमन्त्री सोडारी उच्च तहका नेतालाई भेट्नै नपाई सुदूरपश्चिम फर्केका छन्। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको भएको एक महिना बिते पनि मन्त्रीपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । सरकार विस्तार तथा मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा प्रदेश सरकारको नियमित कामकारवाही तथा नीतिगत निर्णयमा समस्या देखिएको छ ।

Dengue

सुदुरपश्चिम सरकारलाई समर्थन गरी बिश्वासको मत दिएका एमाले लगायत अन्य दलहरुले मुख्यमन्त्री सोडारीले सरकार विस्तारको विषयमा अहिलेसम्म कुनै छलफल नगरेको आरोप लगाउदाँ अब के हुने हो भन्ने अन्यौलता झनै बढेको छ। यति खेर सुदुरपश्चिम प्रदेशका बारेमा विभिन्न किसिमका टिका टिप्पणी भइरहेको बेला मुख्यमन्त्री सोडारीले भने सङ्घीय बजेट भाषणपछि गठबन्धनकै उच्च तहका नेताहरुलाई भेटी उतैबाट सरकार गठनमा सहजीकरण हुने कुरामा अल्झिएको देखिन्छ ।

मुख्यमन्त्री सोडारी भन्छन्, “म त्यही काममा लागेको र सत्ता गठबन्धनका नेताहरु संग छलफलमा छु ,समर्थन गर्ने दलबाट मन्त्रीको नाम आउनेबित्तिकै छिट्टै प्रदेश सरकारले पूर्णता पाउने छ ।”

मुख्यमन्त्री सोडारीलाई उनको पार्टी एकीकृत समाजवादी लगायत नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यमध्ये दुई र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार