अदालतमा विचाराधीन मुद्दा बोल्नु गल्ति भयो, माफी दिनुस् : मह जोडी

काठमाडौं : वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अदालतमा विचाराधीन मुद्दामा रहेको विषयमा अभिव्यक्ति दिएको भन्दै क्षमा याचना गरेका छन्। 

हाल अस्ट्रेलियामा रहेका मह जोडीले आफूले अदालतमा विचाराधीन मुद्दामा बोल्ने नहुने भन्दै आफूले गम्भीर समीक्षा गर्दै गल्ती भएको बताए। 

Seti Hospital

भिडियो सन्देशमा श्रेष्ठले भनेका छन्, ‘एक टेलिभिजनमा बोल्न प्रस्ताव आयो। अपर्झट आएको प्रस्तावमा के बोल्ने भन्दै अकमकिदै के बोल्ने कति बोल्ने विषयमा हामीबाट त्रुटी भएको छ। नबोलेको भए पनि हुने थियो।‘

त्यस्तै आचार्यले भनेका छन्, ‘अदालतमा विचाराधीन मुद्दा मा नबोलेको भए पनि हुने थियो। यति धेरै वर्ष माया गरिदिनु भयो। अब पनि सबै कुरा बिर्सेर हामीलाई माया गरिदिनु होला।‘

केही दिन अगाडि नागरिकता किर्ते मुद्दा  पक्राउ परेका कैलाश सिरोहियाको पक्षमा महजोडीले अभिव्यक्ति दिएका थिए। त्यसको अहिले चौतर्फी आलोचना भएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार