सहकारी ठगी प्रकरणमा सडकबाटै दबाब बढ्दै, गृहमन्त्री रवि लामिछानेको राजीनामा माग

काठमाडौं : सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै गृहमन्त्री रवि लामिछाने बिरुद्ध सडकबाटै दबाब बढ्न थालेको छ । सदनमा काँग्रेस र राप्रपाले दबाब दिईरहेका छन् । आईतबारबाट काठमाण्डौँ र पोखरामा काँग्रेस सहित अन्य दलहरुले गरेको छुट्टा छुट्टै बिरोध प्रदर्शनमा गृहमन्त्री लामिछाने बिरुद्ध नाराबाजी गर्दै राजीनामा माग गरिएको छ ।

काँग्रेसले काठमाण्डौँको प्रदर्शनीमार्गमा सडकमा प्रदर्शन गर्दै सहकारी ठगीमा प्रत्यक्ष संलग्न रहेकाले गृहमन्त्रीमाथि संसदीय छानविन हुनु पर्ने माग राखेको छ । काँग्रेसका नेताले उस्तै मुद्धा लागेका सांसद फरार रहेको चर्चा गर्दै त्यस्तै आरोप लागेका लामिछाने गृहमन्त्री रहेको भन्दै कटाक्ष गरे ।

Dengue

उता पोखरामा पनि विभिन्न दलले सडकमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् ।

कास्कीका क्रियाशिल ६ राजनीतिक दलका नेताले गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर संसदीय छानबिन समिति बनाउन मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । सहकारी पीडितको पक्षमा आइतबार पोखरामा विरोध प्रदर्शन गर्दै उनीहरुले छानबिन समितिमार्फत बचतकर्तालाई न्याय दिनुपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार