पूर्वन्यायाधीश गिरीले श्रीमतीलाई जबरजस्ती गरेको पुष्टि

काठमाडौं : श्रीमतीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका पूर्वन्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले गिरीलाई सम्बन्ध विच्छेद मुद्दा विचाराधीन रहेको अवस्थामा श्रीमतीलाई जबरजस्ती करणी गरेको मुद्दामा दोषी ठहर गरेको छ ।

Dengue

दोषी ठहर भएका उनको सजाय निर्धारण जेठ २८ गतेको पेशीमा सुनाइने छ । श्रीमती आरती रावलले सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा कपिलवस्तु जिल्ला अदालका न्यायाधीश गिरीले आफूलाई कोठामै रातभर बलात्कार गरेको आरोप लगाउँदै काठमाडौं अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् ।

अदालतको आदेशपछि गिरीले आफूलाई पूर्ण न्यायको अनुभूति भएको जनाएकी छन् । सामाजिक सञ्जालमा उनले न्यायाधीश भुसाललाई हृदयदेखिको धन्यवाद दिएकी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार