काठमाडौं : नेपाल प्रहरी कर्मचारीको ट्रयाक सुट खरिद प्रक्रिया नियमसम्मत नदेखिएको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले ०७९ मंसिर १५ गते सम्झौता गरेर किनेको ११ करोड २९ लाख ५४ हजार रुपैयाँबराबरको ट्रयाक सुट खरिद नियमसम्मत नभएको महालेखाको ठहर छ ।
ट्रयाक सुट दरबन्दीको विवरणबिना खरिद गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । त्यसरी खरिद गर्दा नियमावली संशोधन गर्नुपर्नेमा नगरी खरिद गरिएको खुलेको छ ।
प्रतिक्रिया दनुहोस्